जनता टाइम्स

१६ बैशाख २०७९, शुक्रबार १८:२३

गठबन्धनलाई पोखरामा पनि धोका, कांग्रेसबाट बागी उम्मेदवार विमल कार्कीले लिएनन् मनोनयन फिर्ता


पोखरा, १६ वैशाख । पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिनुभएको कांग्रेसका विमल कार्कीले मनोनयन फिर्ता लिनुभएन । कांग्रेस तथा गठबन्धनको निर्देशनविपरीत उहाँले मनोनयन फिर्ता नलिनुभएको हो । कांग्रेसले आफ्ना बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन दिनुभएको थियो । तर, उहाँले जानीजानी फिर्ता नलिएको बताउनुभयो ।

निर्वाचन आयोगले आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन फिर्ता लिन समय दिएको थियो । तर, कांग्रेस पोखराका पूर्वसभापति समेत उहाँले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएन । उहाँले गठबन्धन कुनै हालतमा स्वीकार्ने बताउँदै आउनुभएको थियो । तर, पोखरा मेयरमा दिएको उम्मेदवारी कांग्रेसकै नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले फिर्ता लिनुभएको छ ।