सिमरा, १६ बैशाख । जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेको तर्फबाट दलित महिला सदस्य पदमा उम्मेदवारी दिनुभएको लालमुनी देवी ठाकुर निर्विरोध निर्वाचित हुनुभएको छ । उपमहानगरपालिकाको वडा नं. २४ को दलित महिला सदस्य पदका लागि ठाकुरको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुनुभएको हो ।
निर्वाचन अधिकृत टिकामणी न्यौपानेले आज ठाकुरलाई निर्विरोध निर्वाचित घोषणा गर्नुभएको हो । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि ठाकुर निर्विरोध निर्वाचित हुनुभएको थियो । अघिल्लो स्थानीय तहमा निर्वाचनमा पनि उहाँको एकल उम्मेदवारी परेको थियो ।













प्रतिक्रिया दिनुहोस्