जनता टाइम्स

२७ असार २०७६, शुक्रबार १४:०५

सरकारले शुरु गर्यो भन्सार नाकासम्म बिषादी परिक्षण


काठमाडौ, असार २७

एक साताअघि भारत र तेस्रो मुलुकबाट आउने तरकारी तथा फलफुलको बिषादी परीक्षणमा सरकारले कडाई नगरेको भन्दै विवाद बढेपछि सरकारले आजदेखी बिषादी परिक्षण शुरु गरेको छ । बिषादी परिक्षणका लागी आज कालिमाटी तरकारी बजारमा शुक्रवार विहानै कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाले बिषादी रहित तरकारीका बारेमा जानकारी लिनुभएको हो । त्यहाँ बिषादी परीक्षण प्रयोगशालाको अनुगमन गर्नुभएको थियो ।

तरकारी र फलफुल परीक्षणको रिपोट तीन दिनभित्र दिने निर्देशन दिनुभएको छ । कुन ठाउँबाट आएको तरकारीमा कति विषादी छ भन्ने थाहा पाउन तीन दिनभित्र रिपोर्ट दिन मन्त्रीले निर्देशन दिनुभएको हो । बिषादी परिक्षणका लागि नेपालका चारैनाका बिषादी परिक्षण भइरहेको छ ।

भैरहवाको बेलियानाकामा बुधवार साँझदेखि बिषादी परीक्षण शुरु गरिएको छ भने नेपालगञ्जको जमुना नाका र उत्तरिया नाकामा शुक्रवार साँझदेखि बिषादी परीक्षण शुरु गरिने प्रदेश ५ सरकारले जनाएको छ । प्रदेश ५ सरकारले आफ्नै कर्मचारी खटाएर परीक्षण शुरु गरेको छ ।