जनता टाइम्स

२७ असार २०७६, शुक्रबार १५:३०

खोला मिचेर भौतिक संरचना निर्माण गर्दा राजधानीको ढुङ्गाअड्डा डुवानमा


काठमाडौं, असार २७

हिजोदेखि परेको अविरल वर्षको कारणले काठमाडौंको ढुङ्गाअड्डा पूर्ण रूपमा डुवानमा परेको छ । कीर्तिपुर नगरपालिका २३ र चन्द्रागिरी वडा २५ को खोला रोक्नको लागि बनिरहेको पर्खाल समयमा नै सम्पन्न नगर्दा जलमग्न बनेको हो । बाढीकै कारण ढुङ्गाअड्डाको २३ र २५ नम्बर वडाका १०० भन्दा बढि घर डुवानमा परेको वडा अध्यक्ष उत्तमबहादुर राउतले बताउनुभयो ।

उहाँका अनुसार खोला मिचेर भौतिक संरचना निर्माण गर्दा यो क्षेत्र बर्षेनि डुवानमा पर्दै आएको छ । उहाँले हालसम्म कुनै मानवीय क्षति नभएपनि चन्द्रागिरी नगरपालिकाको १५, २२ र २३ नम्बर वडा धेरै प्रभावित बनेको बताउनुभयो । अहिले उक्त वडाको घरहरू दुईतलासम्म डुवानमा परेको छ भने स्थानीयको लत्ताकपडा लगायत खाद्यान्न बगाउँदा जनजिवन प्रभावित बनेको छ ।