काठमाडौं, बैशाख २५ । निर्वाचनमा मतदातालाई प्रभावित पार्ने उदेश्यले पैसा बाडेको पाईएपछि एक उम्मेदवारलाई स्थानीयले माफी मगाएका छन । अर्घाखांचीको मालारानीमा नेपाली कांग्रेसकी नेतृ शान्ता खनालले आफ्ना श्रीमान् दुर्गा खनाललाई चुनाव जिताउन पैसा बाड्न थालेको अवस्थामा रंगेहात फेला पारेपछि निर्वाचन अधिकृतको रोहवरमा लिखित माफी मगाइएको हो ।
मालारानी–३ को खनदहमा खनाल फेन्सिस्टोरका संचालक समेत रहनुभएकी शान्ताले वडा अध्यक्षको उम्मेदवार आफ्ना पति दुर्गाप्रसाद खनाललाई जिताउन स्थानीय छिमेकी प्रयोग गरि पैसा बाड्न थालेको अवस्थामा भेटिएको स्थानीय सागर खनालले बताउनु भयो । स्थानीयका अनुसार शान्ताले स्थानीय विष्णु होटल एण्ड रेष्टुरेन्टका संचालक विष्णु चुँदालीलाई प्रयोग गरी होटलमा खाजा खान जानेहरूलाई रुख चिन्हमा मतदान गर्न आग्रह गर्दै पैसा बाडेको स्थानीयले फेला पारेका हुन ।
शनिबार विष्णु होटल एण्ड रेष्टुरेन्टमा खाजा खान गएका मालारानी–३ गोयलीका सागर चौहान र सुमन खनाललाई खाजा खाने क्रममा होटल संचालक विष्णु चुँदालीले वडा अध्यक्ष पदमा रुख चिन्हमा छाप लाउन आग्रह गर्दै नमुना मतपत्रमा बेरेर ४ हजार रुपैयाँ दिएको उनीहरुले बताए। खनालले मत माग्दै ४ हजार रुपैयाँ दिएपछि चौहान र खनालले प्रहरीमा उजुरी दिनुभएको थियो । पैसा बाँडेको थाहा पाएपछि नेकपा एमालेका कार्यकर्ता आक्रोशित भएका थिए।
स्थीतीलाई तनावपुर्ण हुन नदिन नदिन निर्वाचन अधिकृतको रोवहरमा छलफल गरी आगामी दिनमा यस्तो गल्ती नगर्ने शर्तमा लिखित माफी मगाईएको पत्रकार शोभाखर पन्थीले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्