चितवन, २५ वैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताउनुभएको छ । चितवनमा आज आयोजित चुनावीसभामा बोल्दै अध्यक्ष ओलीले बजेट कसैको घरको सम्पत्ति नभएको बताउनुभएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले आफ्नो उम्मेदवार नजित्ने क्षेत्रमा बजेट नदिने बताउनुभएको थियो । उक्त कुराप्रति कटाक्ष गर्दै ओलीले सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताउनुभएको हो ।
‘बजेट दिन्न भन्ने कुरा तपाईंहरूले सुन्नु भएकै छ । के बजेट तिनको घरको सम्पत्ति हो ? तिनको गोजीको पैसा हो ? उनीहरूले दिन्न भनेर हुन्छ ?,’ ओलीले प्रश्न गर्नुभयो । अबको चुनावमा गठबन्धनलाई पराजित गराएर नेकपा एमालेलाई विजयी गराउन सबैमा अनुरोध गर्नुभयो । अबको सरकार नेकपा एमालेको भएको भन्दै एमालेको सरकार बनेपछि सबै ठाउँमा विकास हुने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्