जनता टाइम्स

२८ बैशाख २०७९, बुधबार १४:०२

मुगुस्थित नेपाल टेलिकमको टावरमा एकै महिना तीन पटक तोडफोड


मुगु, २८ वैशाख । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मुगुको सोरु गाउँपालिकास्थित नेपाल टेलिकमको टावरमा अज्ञात समुहले तोडफोड गरेको छ । योसहित एकै महिनामा टावरमा तोडफोड भएको तेस्रो पटक हो । सोरु गाँउपालिका(३ भिँई गाउँमा नेपाल टेलिकमको भिस्याट प्रविधिको टावरमा वैशाख महिनामा मात्रै तीन पटक तोडफोड भएको हो ।

डफाडका कारण टावरमा क्षति पुगेकाले सोरु गाँउपालिका–३ भिँईमा रहेका आठ बस्ती, वडा नम्बर ९ र १० का आधा दर्जन बस्ती र हुम्लाको तल्लो बस्तीका दर्जनौँ बस्तीका सेवाग्राही सञ्चार सेवाबाट बञ्चित भएका छन् । तोडफोडबाट नेपाल टेलिकमको टावरमा रहेको मेसिन, सोलार पाता, ब्याट्रिलगाएतले काम गर्न छाडेको छ । २४ वैशाखमा सदरमुकाम गमगढी बजारबाट गएको प्राविधिक टोलीले २५ वैशाखमा टावर बनाए पनि दोस्रो दिन (२६ वैशाख) मै पुनः तोडफोड भएको नेपाल टेलिकम मुगुका निमित्त कार्यालय प्रमुख गणेश डाँगीले बताउनुभयो ।

डाँगीका अनुसार टावर सुरक्षा घेरवार र अन्य सुरक्षा ब्यावस्था नभएकाले स्थानीयवासी र बादरले पनि क्षेति गर्ने गरेको छ । प्रत्येक टावरमा एक जना चौकीदारको व्यवस्था गरे पनि सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नहुँदा २४सैं घण्टा टावरमा समय नदिने गरेको पाइन्छ । भिँईमा टेलिकमले टावर राखेको १० बर्ष जति भैसकेको छ ।