जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार २१:१४

गठबन्धन सरकारले गर्यो चुनावलगत्तै जनतामाथि घात : ठूलो मात्रामा बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य


काठमाडौं, बैशाख ३१। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ ।

आयल निगमको संचालक समितिको बैठकले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ ।

हाललाई खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ । मूल्य समायोजनपश्चात पनि पाक्षिक ४ करोड २५ लाख रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ ।