जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार ११:४४

बौदीकाली गाउँपालिकामा एमालेका ओझा निर्वाचित


नवलपुर, १ जेठ । नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा निर्वाचित हुनुभएको छ ।

उहाँले निकटतम प्रतिस्पर्धी नेपाली काङग्रेसका केवी रानालाई ४३५ मतान्तरले पराजित गर्नुभइएको हो । एमालेका ओझाले ३ हजार ९७६ मत पाउँदा काङग्रेसका रानाले तीन हजार ५४१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा नेकपा एमालेकै डिलकुमारी सारु निर्वाचित हुनुभएको छ ।

उहाँले निकटतम प्रतिस्पर्धी कांग्रेसकी धनकान्ति घिमिरेलाई ४५६ मतान्तरले पराजित गर्नुभयो । सारुले ३ हजार ९६२ र घिमिरेले ३ हजार ५०६ मत पाउनुभएको छ ।