जनता टाइम्स

४ जेष्ठ २०७९, बुधबार ००:००

गणना ढिलो भएपछि पोखरामा थपियो गणनास्थल


पोखरा, ४ जेठ । पोखरा महानगरपालिकामा अहिलेसम्म ७ वडाको गणना सकिएको छ । १, २, ३, ४, १२, २३ र २६ नम्बर वडाको गणना सकियो । गणना सुरु गरेको चार दिन भइसक्दा बल्ल ३५ हजार गणना सकिएको छ । यहाँ १ लाख ४३ हजार मत खसेको छ । गणनामा ढिलासुस्ती भएपछि अहिले गणनास्थल थप गरिएको छ ।

सुरुमा ८ ठाउँबाट गनिएको मत १३ ठाउँबाट गन्न थालिएको हो । यहाँ अझै २८ वडाको मत गन्न बाँकी छ । अन्तिम परिणाम आउन अझै लामो समय कुर्नुपर्ने देखिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले पटक पटक गरेर ५ ठाउँमा गणना स्थल थपेको छ । कास्कीका बाँकी ४ पालिकाको नतिजा आइसकेको छ ।