जनता टाइम्स

४ जेष्ठ २०७९, बुधबार १३:२३

बारामा पहिलो महिला वडाध्यक्षमा एमालेकी चयन गुरुङको प्यानल विजयी


बारा, ४ जेठ । जितपुरसिमरा उपमहानगरपालिका १४ मा नेकपा एमालेकी उम्मेदवार चयन गुरुङको प्यानल विजयी भएको छ । सम्भवत् बारामै र जितपुरसिमरा उपमहानगरपालिकाकै पहिलो महिला वडाध्यक्षको रुपमा निर्वाचित गुरुङले लोकप्रिय मत प्राप्त गर्नुभएको छ ।

रुङले एक हजार तीन सय २५ मत प्राप्त गर्नुभएको हो । उहाँको निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका भरतप्रसाद भण्डारीले ९२३ मत प्राप्त गर्नुभयो ।

गुरुङ चार सय दुईको फराकिलो मतान्तरले विजयी हुनुभएको हो । उक्त वडामा एमालेमा महिला सदस्य उम्मेदवार रामपति थरुनी, दलित महिला सदस्य उम्मेदवार गिता सार्की, सदस्य उम्मेदवारहरु तेज नारायण चौधरी र यमनाथ ढकाल विजयी हुनुभएको छ ।