काठमाडौं, २१ जेठ । काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेन रामजी बस्नेत विद्यालयका छात्राहरुमाथि यौन दुर्वयवहारको आरोपमा पक्राउ परेका छन् । बस्नेतलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय रामेछापको समन्वयमा रामेछापबाट पक्राउ गरेको हो ।
उनलाई काठमाडौँ ल्याउँदै गरिएको काठमाडौँ प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले दैनिक नेपाललाई जानकारी दिनुभयो । सर्वनामका छात्राहरुले वार्डेन बस्नेतद्वारा यौन दुर्व्यवहार भएको आरोप लगाएपछि अभिभावकहरुले आज विद्यालयमा दोषीमाथि कारवाहीको माग गर्दै प्रदर्शन गरेका थिए ।
फरार रहेका बस्नेतलाई रामेछापबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले शिक्षालयका प्रिन्सिपल दुर्गानाथ शिवाकोटी उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो ।













प्रतिक्रिया दिनुहोस्