जनता टाइम्स

३ असार २०७९, शुक्रबार १९:०६

गठबन्धनलाई हराउँदै पाल्पा जिससमा एमालेको प्यानल नै विजयी


पाल्पा, असार ३ । जिल्ला समन्वय समिति पाल्पाको प्रमुखसहित सबै पदमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले दिएको जानकारी अनुसार जिल्ला समन्वय समितिको प्रमुखमा टंकनाथ खनाल तथा उपप्रमुखमा काशिका ज्ञवाली गैरे निर्वाचित हुनुभएको हो ।

यस्तै सदस्यहरुमा वसन्ता ज्ञवाली, केशमाया सुनार, (दलित महिला दसस्य) विष्णुकुमारी कँडेल घिमिरे, केशबराज खराल, भविसरा सारु (महिला सदस्य), रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित हुनुभएको छ ।

निर्वाचित पदाधिकारी र सदस्य सबैले ११ मत पाउनु भएको छ । यस्तै एमालेबिरोधी पाँच दलीय गठबन्धन दलको तर्फबाट उम्मेद्वारी दिएका उम्मेदवारहरुले ९ मत ल्याएका छन ।