नयाँ दिल्ली, ५ असार । एउटा अनौठो घटनामा भारतको पश्चिमी मुम्बई सहरमा प्रहरीले नालीमा रहेको मुसाको पकडबाट ५ लाख भारु मूल्य बराबरको ५०० ग्राम सुन बरामद गरेको छ । घरेलु कामदारको रूपमा काम गर्ने ४५ वर्षीया महिलाले आफूले लिएको ऋण तिर्न सुन धितो राख्न जाँदै गर्दा आफ्नो गहनाको झोला हराएको प्रहरीलाई बताएपछि घटना सार्वजनिक भएको हो ।
पीडित महिला सुन्दरी प्लानिबेलका अनुसार घटना गोरेगाउँको गोकुलधाम कोलोनीमा भएको हो । उहाँले बाटोमा केटाकेटीलाई देखेपछि केही खानेकुरा दिनुभयो । सुन राखेको झोलामा उहाँले खानेकुरा दिएकी थिनुभयो । बैंकमा पुगेपछि मात्रै उहाँले आफ्नो गल्ती महसुस गरेकी थिइन् । तत्काल उहाँ बैंकबाट फर्किएर बालबालिका खोज्ने प्रयास गरिन्, तर फेला पार्न सकिनन् । ४५ वर्षीया ती महिला त्यसपछि प्रहरीकहाँ पुगिन ।
स्थानीयको सहयोगमा उहाँले बालबालिकालाई फेला पार्नुभयो । महिलाले दिएको खानेकुरा धेरै सुख्खा भएको भन्दै उनीहरूले सबै खानेकुरा फोहर फाल्ने ठाउँमा फालिदिएको प्रहरीलाई बताउनुभयो । तर, प्रहरीले घटनास्थलमा गहना फेला पार्न सकेन । सीसीटीभी फुटेजमा केही मुसाले फोहरको थुप्रोबाट सुनको झोला बोकेको देख्नुभयो । प्रहरीले तत्कालै ढल खोलेर हेरेको थियो, जहाँ सुनको झोला भेटियो । प्रहरीले तत्कालै महिलालाई त्यो झोला बुझाएको थियो ।













प्रतिक्रिया दिनुहोस्