जनता टाइम्स

१२ असार २०७९, आईतवार ०९:०९

फेसबुकमा सुसाइड नोट लेखेको भोलिपल्टै मृत भेटिइन लोकदोहोरी गायिका दिलमाया सुनार


काठमाडौं, असार १२ । लोकदोहोरी गायिका दिलमाया सुनार मृत अवस्थामा भेटिएकी छिन् । काठमाडौंको तारकेश्वर नगरपालिका ११ नेपालटारस्थित डेरामा उनी शनिबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनको घाँटीमा डाम देखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । दिलमायाको हत्या वा आत्महत्या के हो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ । पतिसँग सम्बन्धविच्छेदपश्चात उनी केही वर्षयता एक्लै बस्दै आएकी थिइन् ।

एक छोरा भएपनि सुर्खेतमै बस्दै आएका छन् । शुक्रबार राति दिलमायाले फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको उल्लेख गरेकी थिइन् । त्यसमा उनले आफ्नो मृत्युमा कसैलाई दोष नदिनु भनेकी छिन् । प्रहरीले शुक्रबार साँझ मृतकको कोठामा गएका एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिले आफू राति नै त्यहाँबाट फर्किएको बताएका छन् ।