दाङ,१७असार । दाङमा मोटरसाइकल र साइकल ठक्कर खाँदा दुुई जनाको मृत्यु भएको छ ।
सौडियारबाट घोराही तर्फ आउँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले गएराति घोराही ७ बेसाइ नजिक २ वटा साइकललाई ठक्कर दिँदा दुुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङकाले जानकारी दिएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १५ का ३५ वर्षीय गंगाबहादुर कुवर र साइकल यात्री सोही वडाका १६ वर्षीय रितेश केसी रहेका छन् । उनीहरु दुबैको उपचारको क्रममा मृत्युु भएको हो ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।













प्रतिक्रिया दिनुहोस्