४ श्रावण २०७६, शनिबार ००:००

केशर महलमा टिप्परसँग स्कुटर ठोक्कियो एक जनाको मृत्यु


काठमाडौं, साउन ४ । काठमाडौंको केशर महल चोकमा रोकिराखेको टिप्परमा स्कुटर ठोक्किँदा स्कुटर चालकको ज्यान गएको छ । दुर्घटनामा परि एक जना घाइते भएका छन् ।
शुक्रबार राति केशर महल चोकमा रोकिराखेको ना ३ ख ७५६१ नम्बरको टिप्परमा बा ९२ प ६५ ६५ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका स्कुटर चालक काठमाडौँ बुढानीलकण्ठका ३५ वर्षीय सञ्जय ठकुरीको उपचारको क्रममा शनिबार बिहान नेसनल अस्पताल कलंकीमा ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते ठकुरीलाई ट्रमा सेन्टरबाट नेसनल अस्पतालमा लगिएको हो । यस्तै स्कुटर पछाडि बसेका कलंकीका विशाल लुइँटेलको ट्रमा सेन्टरमै उपचार भैरहेको छ ।