जनता टाइम्स

२५ असार २०७९, शनिबार १५:००

बर्षाले भासियो हुलाकी सडक


दाङ, असार २५ । बर्षाका कारण दाङमा हुलाकी सडकमा क्षति पुगेको छ । हुलाकी राजमार्गको गढवा–राजपुर सडक खण्डअन्तर्गत राजपुर गाउँपालिका–२ मटेरियामा कल्भर्ट र सडककाे केही भाग भासिएको छ ।
पानी निकास हुन नसक्दा सडक र गल्भर्टमा क्षति पुगेको स्थानीयले बताएका छन  ।  सडकमा क्षति हुँदा अवागमन रोकिएको छ ।हुलाकी सडकअन्तर्गत  बनिरहेको सडक तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् ।
अहिले  पूर्वमा कालाकाटेदेखि पश्चिममा राजपुरको गंगदी सम्मको करिब ४० किलोमिटर सडक कालोपत्रेको काम भइरहेको हो ।