जनता टाइम्स

१० श्रावण २०७९, मंगलवार १०:५३

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


कपिलवस्तु, साउन १० । कपिलवस्तुको वाणगंगा नगरपालिका–३ सिउटीमा हिजो मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको छन् ।

दुर्घटनामा मोटरसाइकल चालक स्थानिय २० वर्षिय आभाष परियार र पछाडी सवार २२ वर्षिय विष्णु परियार घाईते भएका थिए । विष्णुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका चालक आवाशको लुम्बिनी एडभान्स सिटी अस्पतालमा उपचार भैरहेको छ । हिजो साँझ पौने ५ बजे लु ४२ प ७१३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको प्रहरी चौकी गाजेहडा कपिलवस्तुले जानकारी दिएको छ ।