बाँके, साउन २२ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सूर्य थापाले बर्तमान सत्तारूढ दलका नेताहरूले कालेकाले मिलेर खाउँ भाले भन्ने भनाइलाई ब्यवहारमा चरितार्थ गरिरहेको बताउनु भएको छ ।
मिलेर सत्ताको स्वाद चाख्नेबाहेक यो गठबन्धनले देशहितमा कुनै काम गर्न नसकेको र अब पनि गर्न नसक्ने थापाले बताउनु भयो ।
प्रेस चौतारी बाँकेले आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता थापाले गठबन्धनलाई जनताले अवको चुनावमै सजाय दिने बताउनुभयो ।
थापाले एमालेसँग एक्लै प्रतिष्पर्धा गर्न नसकेपछि ५ दलीय गठबन्धन भएको टिप्पणी पनि गर्नुभयो । सत्तापक्षले पराजित हुने डरले एमालेविरुद्ध गठबन्धन बनाएको भन्दै त्यसलाई जनताले अस्वीकार गर्ने बताउनुभयो ।
उहाँले मंसिर ४ गते हुने निर्वाचनपछि एमाले बहुमतसहित सरकारमा जाने बताउनुभयो । जनताको अपार साथ र माया एमालेलाई भएको भन्दै उहाँले जनताको आकर्षण एमालेप्रति मात्रै रहेको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्