जनता टाइम्स

२७ श्रावण २०७९, शुक्रबार १७:५२

पाल्पामा भेटिए एक पुरुष मृत


पाल्पा, २७ साउन । पाल्पाको रामपुर नगरपालिका–५, मटेरीमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार मृत फेला पर्नेमा ५५ वर्षीय मनबहादुर विक रहनुभएको छ । घरदेखि २ सय ५० मिटर टाढा ठूलो आँप भन्ने स्थानमा भित्री कच्ची सडक छेउमा आज दिउँसो विक मृत भेटिएका हुन् ।

बिहान खाना खाएर घरबाट हिँड्नुभएको उहाँलाई स्थानीयले सडक छेउमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मिर्गौलाको समस्याबाट गुज्रिँदै आउनुभएको उहाँको तीन पटक शल्यक्रिया गरेको परिवारले जनाएको छ । उहाँको मृत्युबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।