जनता टाइम्स

२९ श्रावण २०७९, आईतवार ०६:५२

आज वर्षाको सम्भावना, सुदूरपश्चिमममा भारी वर्षा हुनसक्ने


काठमाडौं, साउन २९ । आज बिहान मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ। राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । सोमबार बाग्मती, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आकलन गरिएको छ ।

मंगलबार कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।