जनता टाइम्स

२९ श्रावण २०७९, आईतवार ११:०५

केन्द्रीय सदस्य खनालले गरे डा. भटराईको साथ छाडेको घोषणा


कपिलवस्तु साउन २९ डा. बाबुराम भटराईले नेपाल समाजवादी पार्टी गठन गर्दै केन्द्रीय सदस्यको जिम्मेवारी दिएका कपिलवस्तुकानेता नारायण खनालले उक्त पार्टी त्याग गरेको घोषणा गर्नुभएको

नेकपा (माओवादी) हुँदै आजसम्म साथ दिदैं आउनु भएका नेता खनालले डा बाबुराम भट्टराईको साथ छाडेको घोषणा गर्नुभएको हो ।शनिबार साँझ एक लामो राजनीतिक यात्रा लेख्दै कपिलवस्तुका खनालले डा भट्टराईको साथ छाडेको घोषणा गर्नुभयो ।डा भट्टराईलेहालै जनता समाजवादी पार्टीबाट विद्रोह गरी नेपाल समाजवादी पार्टी गठन गर्नुभएको

नेपाल समाजवादी पार्टी गठनसम्म साथ दिदैं आउनुभएका खनालले किन एकाएक भट्टराईको साथ छाडे भन्ने प्रष्ट भइसकेको छैन यद्यपि उहाँले अब उप्रान्त डा भट्टराईको साथमा रहन नसक्ने घोषणा गर्नुभएको हो नेता खनाल तत्कालिन माओवादीभित्र देखिएको दुईधार संघर्षमा पनि भट्टराईको साथमा रहनुभएको थियो

भट्टराइले माओवादीबाट विद्रोह गरी नयाँ शक्ति पार्टी गठन गर्दा समेत खनालत्यो पार्टीको केन्द्रीय परिषद सदस्य भएर साथ दिनुभएको थियो ।

भट्टराई नयाँ शक्तिबाट जसपा हुँदै नेसपासम्म आइपुग्दा निरन्तर साथदिएका खनालले किन एकाएक उहाँसंग सम्बन्ध विच्छेद गरे कौतुहलताको विषय बनेको ।बौद्धिक तथा वैचारिक नेता समेत रहेकाखनालले आफ्नो फेसबुकवालमा आजसम्म गरेको राजनीतिक यात्राबारे खुलाउनु भएको