जनता टाइम्स

३० श्रावण २०७९, सोमबार ०९:१२

रुपेन्देहीमा गोली चल्दा एक घाइते


रुपन्देही, ३० साउन । अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते हुनुभएको छ । रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चल्दा गुरुङ घाइते हुनुभएको हो । गए राती पौने ९ बजे भएको सो घटनामा घाइते भएका गुरुङको युनिर्भसल मेडिकल कलेजमा उपचार भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका गुरुङलाई गोली प्रहार गरे पछि सो समुहले सिदार्थ कटेजवाट २५ हजार लुटपाट गरेर भागेका छन । गोली प्रहार र लुटपाटमा सलग्नहरुको खोजी जारी रहेको एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभएको छ ।