जनता टाइम्स

३१ श्रावण २०७९, मंगलवार २०:१०

बुटवलमा राजमार्ग किनारमा युवकको शव फेला


रुपन्देही, ३१ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल-१२ नायाँगाउँको राजमार्ग किनारमा एक युवकको शव फेला परेको छ । सडक छेउमा दुर्घटना भएको मोटरसाइकलसँगै बुटवल ११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्रीको शव फेला परेको हो ।

सडक छेउमा लु३६प ४७४२ नम्बरको मोटरसाइकल र मोटरसाइकल नजिकै खत्री मृत अवस्थामा भेटिएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।