जनता टाइम्स

२ भाद्र २०७९, बिहीबार १९:५८

नागरिकता बिधेयकले फुट्यो सत्तारुढ गठबन्धन


काठमाडौं, भदौ २ । संसदमा निर्णयार्थ प्रस्तुत नागरिकता विधेयकमाथिको मतदानमा सत्तारुढ गठबन्धन विभाजित भएको छ । पाँच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा विधेयकको विपक्षमा उभिएको हो ।

आज भएको मतदानमा जनमोर्चाकी सांसद दुर्गा पौडेलले बिद्येयकको विपक्षमा मतदान गर्नुभयो । सभामुखले मतविभाजनका क्रममा विधेयकको पक्षमा रहेका सांसदलाई आफ्नो आसनको दायाँ तर्फ र विपक्षमा रहेकालाई दायाँ तर्फ गएर दस्तखत गर्न भन्दा सत्तारुढ गठवन्धनका सबै सदस्यहरु मतदानका लागि दायाँतर्फ लाग्दा दुर्गा भने बायाँबायाँ तर्फ लाग्नुभएको थियो ।

नागरिकता विधेयकको मतदानमा एमालेका सांसदहरुले विपक्षमा मतदान गरेका छन । सत्तारुढ दलका अन्य सांसदले भने पक्षमा मतदान गरेका छन । मतदानमा पक्षमा १३५ र बिपक्षमा ६० मत परेको थियो ।