जनता टाइम्स

४ भाद्र २०७९, शनिबार २०:१८

गुल्मीमा एक सातादेखि हराएकी वृद्धा मृत फेला


गुल्मी, ४ भदौ । गुल्मीमाको मुसिकोट नगरपालिका–१ पौदीमा एक वृद्धा मृत फेला परेकी छन् । मृत फेला पर्नेमा ७९ वर्षीया सेतीदेवी पछाइको भएको खुलेको छ ।

जिल्लाको इश्मा गाउँपालिका-१ हस्तिचौरको बसेनी सामुदायिक वनमा शव फेला परेपछि स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शव सडेको अवस्थामा फेला परेको छ । शव पोस्टमार्टमका लागि गुल्मी जिल्ला अस्पताल ल्याइएको छ ।