काठमाडौं, भदौ ५ । राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपाल कांग्रेसका नेता प्रदिप गिरीको निधनमा शोक ब्यक्त गर्नुभएको छ । नेता गिरीको निधनले सिद्धान्तनिष्ट बौद्धिक ब्यक्तित्व गुमाएको समेत राष्ट्रपति भण्डारीले जनाउनु भएको छ ।
‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ, उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं,’आज बिहान टविट गर्दै राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’
उपचारको क्रममा गएराती प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको निधन भएको थियो । आजै उनको पशुपति आर्यघाटमा अन्तष्टी गरिनेछ ।













प्रतिक्रिया दिनुहोस्