काठमाडौं, असोज २० । पोखरा महानगरपालिका–२४ कार्कीको तगरामा बियरको बोतल प्रहारबाट एक वृद्धको मृत्यु भएको छ।
सोमबार साँझ सामान्य विवादका क्रममा सोही ठाउँका २२ वर्षीय जगत दाहालले ७२ वर्षीय पूर्णभद्र त्रिपाठीलाई बियरको बोतल प्रहार गरेका थिए। बोतल प्रहारबाट टाउकोमा गम्भीर चोट लागेपछि त्रिपाठी बोल्न नसक्ने अवस्थामा पुग्नुभएको थियो।
उहाँलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि फरार भएका दाहाललाई पामे पुलनजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्