जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार १७:३३

सुरुवाल खोलेर हात हाल्छन भन्दै चिकित्सकमाथि हानियो थप्पड


बाँके, असोज १८ । बाँकेको कोहलपुरस्थित एक मेडिकलमा स्वास्थ्यकर्मी कुटिएका छन । थापा मेडिकलमा स्वास्थ्य परीक्षणका लागि आएकी एक किशोरीले आफ्नो संवेदनशील अंग र्छोको भन्दै चिकित्सकमाथि थप्पड हानेकी हुन ।

स्वास्थ्यकर्मीले चेकजाँचका क्रममा बालिकालाई संवेदनशील अंगमा हात लगाएको भन्दै बिरामी र आफन्तले चिकित्सक कुटेका हुन । तर त्यसरी पिटाई खाने व्यक्ति डाक्टर नभएर सिएमए गरेका स्वास्थ्यकर्मी गणेशबहादुर थापा रहेको पाइएको छ ।

शनिबार थापाको मेडिकलमै पुगेर बिरामी र आफन्तले कुटेका हुन् । पाको उमेरका स्वास्थ्यकर्मीले गोप्य अंगमा हात लगाएपछि ती बालिकाले आफन्तलाई भनेकी थिइन् ।

केही समयमा मेडिकलमा आफन्तसहित पुगेका उनीहरुले पटकपटकउनलाई कुटेको भिडियो सामाजिक सन्जालमा नै भाइरल बनेको छ । पेट दुःखेर पुगेकी ती बालिकालाई डाक्टरले सुरुवाल खोलेर जबर्जस्ती गोप्य अङ्गमा हात लगाएको आरोप बालिकाको छ ।

तर ती डाक्टरले बिरामीले सेतो पानी बग्ने, गानोगोला भएको र तल्लो पेट दुखेको बताएकाले बिरामीकै आग्रहमा चेक गरेको भन्दै कुनै गलत उद्देश्य नभएको बताएका छन् । पिटाइ खाएका स्वास्थ्यकर्मीलाई शनिवार साँझ नै नियन्त्रणमा लिएको थियो ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नाेस

https://www.facebook.com/reel/972423982590235