काभ्रे, असाेज १८ । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेको सातौँ जिल्ला सम्मेलनले नया नेतृत्व चयन गरेकाे छ ।
सम्मेलनबाट अध्यक्षमा पवित्रा भुर्तेल निर्वाचित हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा मुना कर्माचार्य र लक्ष्मी मिजार, सचिवमा तुलसी पौडेल, सहसचिवमा शान्ति दङ्गाल तथा कोषाध्यक्षमा बबिता बोहोरा निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
अनेमसंघले महिला अधिकार, समानता तथा सामाजिक न्यायका क्षेत्रमा संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउँदै अघि बढाउने अपेक्षा गरिएको छ।












प्रतिक्रिया दिनुहोस्