काठमाडौं, असोज १८ । नेकपा एमालेको संसदीय दलको बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा जारी रहेको छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम तथा हालै सम्पन्न संसद् अधिवेशन लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ।
बैठकमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली पनि सहभागी हुनुभएको छ। बैठकमा अध्यक्ष ओलीले पार्टीका सांसदहरूलाई पछिल्लो राजनीतिक परिस्थितिबारे आवश्यक निर्देशन दिइरहनु भएकाे छ ।
बैठकमा संसद् अधिवेशनका क्रममा पार्टीले खेलेको भूमिका, पछिल्लो राजनीतिक घटनाक्रम तथा आगामी दिनमा पार्टीले अपनाउनुपर्ने रणनीतिका विषयमा समेत छलफल भइरहेको जनाइएको छ।












प्रतिक्रिया दिनुहोस्