जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार १५:१८

कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा सुरु, शीर्ष नेताहरूको सहभागिता


काठमाडौं, असोज १८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ। काठमाडौंको खुलामञ्चमा आयोजित समारोह पार्टी सभापति गगन थापाकाे अध्यक्षतामा सुरु भएकाे हाे । 

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित कांग्रेसको महाधिवेशन सुरु भएको छ।

महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू खुलामञ्च पुग्नुभएको छ। उद्घाटन समारोहमा रास्वपा सभापति रवि लामिछाने, पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका सहअध्यक्ष शरतसिंह भण्डारी लगायतका नेताहरू सहभागी हुनुभएको छ।

महाधिवेशनले नेपाली कांग्रेसको आगामी नेतृत्व चयनसँगै पार्टीको नीति, संगठन र आगामी राजनीतिक दिशाका विषयमा समेत महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।