काठमाडौं, भदौ ६ । सिन्धुपाल्चोकमा नेकपा माओवादी केन्द्रलाई ठूलो धक्का लागेको छ । नेपाली कांग्रेसको नीति र नेतृत्वमा प्रचण्ड लागेको भन्दै चर्चित नेता एवं चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर अमानसिंह तामाङ सो पार्टी त्यागर आज नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
नेकपा एमाले पार्टी केन्द्रीय कार्यालयमा सिन्धुपाल्चोक जिल्ला कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तामाङसहित सिन्धुपाल्चोकका नेतारकार्यकर्तालाई पार्टी प्रवेश गराउनु भएको हो ।
तामाङ २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित हुनुभएको थियो । पार्टीले जिम्मेवारी बाँडफाँट गर्ने विषयमा आफूलाई पक्षपात गरेको र कम्युनिष्ट नरहेको तथ्य प्रमाणित भएपछि उहाँले सो पार्टी त्यागेर एमाले प्रवेश गरेको बताउनु भयो । आफ्नो मूल्यांकन नगरेको, परिवारवाद हावी भएको लगायतका कारण देखाउँदै तामाङ एमाले प्रवेश गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्