जनता टाइम्स

१५ भाद्र २०७९, बुधबार २१:२१

‘१४ सांसदको पेसी चढेकै दिन गठबन्धनले महाभियोग ल्यायो’ जबरा


काठमाडौं, १५ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले एकीकृत समाजवादीका १४ जना सांसदको मुद्दा पेसी चढ्ने दिन नै सत्ता गठबन्धनले आफू विरुद्ध महाअभियोग ल्याएको बताउनुभएको छ ।‘अहिलेको गठबन्धनमा रहेका नेताले छाती ठोकेर भन्नुभयो । फागुन १ गते उहाँको मुद्दा थियो । उहाँको पार्टीसँग सम्बन्धित मुद्दा थियो । गठबन्धनको सरकारलाई सिध्याउन खोज्ने, हामीलाई सिध्याउनु पर्ने, छाती पिटेर मैले महाअभियोग ल्याएर सिध्याइदिएँ भनेर अध्यक्षज्यूले बोल्नुभयो,’ महाअभियोग सुनुवाई समितिको बैठकमा जबराले हाँस्दै भने,‘प्रधानन्यायधीशलाई महाअभियोग पनि १ गते नै आयो । ल्याइहाल्नु भयो नि ।’पार्टी र अध्यक्षको नाम उच्चारण नगरी उनले घटनाक्रम मात्रै बैठकमा सुनाउनुभएको थियो । समिति सदस्यले पार्टी र अध्यक्षको नाम सुनाउन आग्रह गरेका थिए ।त्यसपछि भने उहाँले नाम नै उच्चारण गर्दै भने, ‘माधकुमार नेपालजीले भन्नुभयो ।