जनता टाइम्स

१७ भाद्र २०७९, शुक्रबार २०:०३

यस्तो पो प्रेम ! सर्पको मृत्युपछि सर्पिनीले टाउको ठोकेरै त्यागिन प्राण


एजेन्सी, १७ भदौ । भारतको आगरामा नाग –नागिनको अनौठो प्रेम देखियो। फतेहपुर सिकरी थाना क्षेत्र अन्तर्गत तिहरा गेट नजिकैको फर्निचर गोदाममा सात फिट लामो सर्प फेला परेको थियो । यो सर्पलाई केही मानिसहरूले मारेर आंशिक रूपमा जलाई दिएका थिए । यसलाई नाग भनिन्थ्यो। आइतबार राति नागिनी पनि त्यहा आइपुगिन ।

सर्पिनीले टाउको ठोकेर प्राण त्यागिन
तिहरा गेट नजिकै जहाँ नाग मारिएको थियो त्यही ठाउँमा मानिसहरूले जलाएका थिए। सर्प पूरै जलेको थिएन। प्रत्यक्षदर्शी मोहन सिंहलगायतका अनुसार सर्पिनी पनि सर्प खोज्दै त्यहाँ आइ पुगिन। सर्पिनीले सर्पलाई परिक्रमा गरिन् र धेरै पटक भुइँमा टाउको ठोकिन (ठुँढ हानिन्) र मरिन् ।

नाग–नागिनको यो घटनाले स्थानीयवासी त्रसित भएका छन् । गाउँमा विभिन्न खालका कुरा पनि चलिरहेको छ । सोही क्रममा मानिसहरूले मानिसकोजस्तै गरी नाग र नागिनको अन्तिम संस्कार गरेका छन् ।