जनता टाइम्स

१९ भाद्र २०७९, आईतवार १९:२४

दाङमा बस दुर्घटना, १२ जना घाइते


काडमाडौं, १९ भदौ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

घोराहीबाट तुलसीपुर जाँदै गरेको ना४ख ५१३१ नम्बरको बस आज अनियन्त्रित भई तुलसीपुर उपमहागनगर वडा नम्बर ७ हात्तीखौवामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।