जनता टाइम्स

१ आश्विन २०७९, शनिबार १८:१०

सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध


असोज १, अर्घाखाँची । महेन्द्र राजमार्गबाट अर्घाखाँची जोड्ने प्रमुख बाटो सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध भएको छ । सन्धिखर्क गोरुसिंगे सडक खण्ड अन्तरगत सन्धिखर्क नगरपालिका वडा नं. ६ घुम्ती नजिकै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

केही दिनदेखीको वर्षसंगै निरन्तर पहिरो झरिरहेको घुम्तीमा वडा कार्यालय र शिवपुर सडक डिभिजन कार्यालयले सडक खुलाउँदै आएकोमा आज दिउँसो ठूलो पहिरो झरेको हो । सडक अवरुद्ध भएपछि सन्धिखर्कदेखी गोरुसिंगेको सम्वन्ध विच्छेद भएको छ । यद्यपी पहिरो सोहोर्ने काम भैरहेको र साँझ अवेरसम्म बाटो खुल्ने बताइएको छ ।