जनता टाइम्स

३ आश्विन २०७९, सोमबार १३:१२

रामपुरका अवैध संरचना भत्काइने


पाल्पा, ३ असोज । पाल्पाको रामपुर नगरपालिकामा सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाइने भएको छ । नगरपालिकाभित्रका १० वटै वडामा सरकारी तथा सार्वजनिक जग्गामा बनेका विभिन्न संरचना हटाउने नगरपालिकाले जनाएको छ । नगरकार्यपालिकाको बैठकले जबरजस्ती कब्जा गरेका जग्गा फिर्ता गरेर संरक्षण गर्ने निर्णय गरेको ।

नगरभित्र अवैध रुपमा सार्वजनिक जग्गामा निर्माण भएका विभिन्न संरचना हटाउन नगरवासीलाई अनुरोध गर्दै नगरपालिकाले पूर्वसूचनालाई अटेर गरिएमा नियम र कानुनको पालना गरेर त्यस्ता संरचना हटाइने चेतावनीसमेत दिएको छ ।

नगरप्रमुख रमणबहादुर थापाले रामपुर नगरपालिकालाई सफा, सुन्दर र स्वच्छ नगरपालिका बनाउने सङ्कल्प लिएको बताउनुभयो । नियम र कानुनभन्दा बाहिर कोही जान नसक्ने भन्दै उनले व्यक्ति आफै सचेत भएर नियम विपरीत बनाइएका संरचना हटाउन सहयोग गर्र्नुपर्ने बताउनुभयो । यस कार्यमा कसैले अटेर गरे कानुनी प्रक्रियाअनुसार हटाइने नगरपालिकाले प्रस्ट पारेको छ ।