जनता टाइम्स

५ आश्विन २०७९, बुधबार २०:०३

राष्ट्रघाती नागरिकता विधेयकको पक्षमा उभिएको भन्दै माओवादी त्यागेर सयौं नेता-कार्यकर्ता एमाले प्रवेश


घोराही, असोज ५। नेकपा एमाले राष्ट्रियता, देश र जनताको पक्षमा उभिएकाले एमाले प्रवेश गरेको बुधवार बंगलाचुलीमा आयाजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेकपा एमालेले आयोजना गरेको पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा बोल्ने नवप्रवेशीहरुले सत्तागठवन्धनका नाममा माओवादी, कांग्रेस देशलाई बन्धक बनाउन लागि परेको आरोप लगाएका थिए ।

बङालाचुलिको जुम्लेपानीमा आयोजना गरिएको वडा नम्बर ४ को भेलाका क्रममा नेकपा माओबादी परित्याग गरी युवा नेता लिला बुढाको नेतृत्व लाल बहादुर गिरी र प्रेम खडकाको सयोजनमा बसन्ती कवर, कमला कवर, राजु गिरी प्रेम बुढा, मेघराज पुन, यामलाल पुन, पुरन खडका, हुकुम नेपाली, धनी घर्ती, हेमन्त रोका, गीता नेपाली, सुशीला परियार, दिपेन्द्र पुन, धमेन्द्र भण्डारीलगायत प्रबेश गर्नु भएको थियो ।

वडा सचिव पदम डाँगीको अध्यक्षत्ता तथा एमाले नेता दाङ क्षेत्र नम्वर २ क का प्रदेश उमेदवार बलिभद्र रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राना, विशिष्ठ अतिथिहरु युवा नेता विवेक श्रेष्ठ, प्रदेश कमिटी सदस्यहरु भेषराज खत्री, यमुना थापा घर्ती, राजेश आचार्य, गिरबहादुर कवर, विष्णु अर्यालले टिका, खादा लगाएर नवप्रवेशीहरुलाई स्वागत गर्नु भएको थियो । सो अबसरमा बोल्दै प्रमुख अतिथी रानाले एमालेमा सबैलाई स्वागत गर्दै एमाले सही विचार र सिद्धान्तमा अगाडी बढेको र सबैलाई एमालेले उचित सम्मान गर्ने बताउनुभयो ।

कार्यक्रम तेजप्रसाद भुसालको स्वागत मन्तव्यबाट सुरु भएको थियो । सो अबसरमा अखिल नेपाल महिला संघ, युवा संघ, मुक्ति समाज, किसान महासंघ, आदिबासी जनजाती महासंघ, राष्ट्रिय युवा संघ वडामा गठन गरिएको छ । यसैगरी लालबहादुर गिरीको संयोजकत्वमा १५१ सदस्यिय निर्वाचन परिचालन कमिटी वडास्तरमा गठन गरिएको छ ।

युवा व्यवसायी योगी एमाले प्रवेश

यसैबीच युवा व्यवसायी नवीन योगी नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । सत्ता गठवन्धनले राष्ट्रघाती नागरिकता विधेयक जबरजस्ती पास गर्न खोजेको, देश र जनताको भन्दा पनि सत्ता टिकाउनका लागि मात्र उनीहरु लागि परेकाले राष्ट्र, राष्ट्रियता र समृद्धिका लागि आफू नेकपा एमाले प्रवेश गरेको योगीको भनाइँ छ । उहाँलाई नेकपा एमालेका नेता बलिभद्र रानालगायतले टिका, खादा लगाएर स्वागत गर्नु भएको हो ।