जनता टाइम्स

१२ आश्विन २०७९, बुधबार १७:३३

ख्वप फुटसल टुर्नामेन्ट सुरू


भक्तपुर, १२ असोज । ख्वप कलेजको आयोजनामा आजदेखि ख्वप कलेज फुटसल टुर्नामेन्ट सुरु भएको छ । फुटसल टुर्नामेन्टको उद्घाटन नगरप्रमुख सुनील प्रजापतिले गर्नुभएको हो । सूर्यविनायकस्थित हेल्दी फुटसल इट्बुमा जारी प्रतियोगिता भोलिसम्म चल्नेछ ।

नगरपालिकाका प्रमुख प्रजापतिले खेलकुद मनोरञ्जनको लागि मात्र नभई मित्रता, अनुशासन र शारीरिक तथा मानसिक स्वास्थ्यको लागि हुनुपर्नेमा जोड दिनुभयो । विद्यार्थीले पढाइ सँगसँगै खेलकुदमा सहभागिता बढाउँदा आफ्नो लक्ष्यमा पुग्न मद्दत पुग्ने उहाँको भनाइ थियो । खेलमा हार जित स्वाभाविक प्रक्रिया भएको हुँदा हार्दा आत्तिने र जित्दा मात्तिन नहुनेतर्फ बताउनुभयो ।