जनता टाइम्स

२० आश्विन २०७९, बिहीबार १०:२१

दसैँ टीका लगाउन मामा घर गएका छोरालाई लिन गएका बुबालाई खोलाले बगाउँदा मृत्यु


दाङ, २० असोज । अविरल वर्षासँगै खोलाले बगाएको दाङमा एक जनाको मृत्यु भएको छ । दसैँ टीका लगाउन मामा घर गएका छोरालाई लिन भनी गएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी ४८ वर्षीय मदन डाँगीलाई स्थानीय खरैनी खोलाले बगाउँदा मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय दाङ प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिनुभयो ।

घर नजिकै रहेको ससुरालीमा छोरा दसैँ मनाउन गएको रातीसम्म पनि घर नफर्किएपछि छोरालाई लिन जाँदा खोलाले बगाउँदा बेपत्ता भएको डाँगीको शव आज बिहान गाउँ नजिकै खोला छेउमा फेला परेको प्रहरी प्रमुख वलीले भनाई छ ।