जनता टाइम्स

२८ आश्विन २०७९, शुक्रबार १७:२४

ट्याक्टरको ठक्करबाट बर्दियामा एक जनाको मृत्यु


बर्दिया, २९ असोज । ट्याक्टरको ठक्करबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । बर्दियाको गेरुवा गाँउपालिका४ खल्लागाँउका नविन ठकुरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक निराजन सुनारले जानकारी दिनुभयो ।

कर्णाली नदीमा बगेर आएका दाउरा ट्याक्टरमा लोड गरी फर्कंदै गरेको भे२त २०९ नम्बरको ट्याक्टरको पछाडीको भागले भे१०प ४४५८ नम्बरको स्कुटिलाई ठक्कर दिँदा नविन ठकुरी घाइते भएका थिए । गम्भीर घाइते भएका ठकुरीको उपचारको लागि जिल्ला अस्पताल गुलरिया लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ट्याक्टर र चालक सुरेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।