अर्घाखाँची, २९ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै अर्घाखाँचीमा राजनीतिक दलहरूले चुनावी गतिविधि तीव्र पारेका छन् । एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीदेखि कांग्रेस नेतृ पुष्पा भुसालसहितका नेताहरूले प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गरिरहेका बेला राष्टिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका स्वतन्त्र पत्रकार हरिप्रसाद भुसालको उम्मेदवारी परेको छ ।
रायमाझीले १५ वर्षदेखि अर्घाखाँचीमा चुनाव जित्दै जनताको मन जित्न पनि सफल हुनुभएको छ । रायमाझी र भुसाल मैदानमा रहे पनि पत्रकार भुसाल आफ्नो सामाजिक गतिविधिमा देखाएको सक्रियताले निर्वाचन जित्ने दाबी गर्नुहुन्छ । यता, एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्वर भुसाल भने अर्घाखाँचीको प्रतिनिधित्व गर्दै विभिन्न मन्त्रालयसहित उपप्रधानमन्त्री समेत बनिसक्नुभएको टोपबहादुर रायमाझीको प्रतिस्पर्धा सत्तागठबन्धनकी उम्मेदवार पुष्पा भुसालसँग मात्र रहेको बताउँनुहुन्छ ।
त्यस्तै स्थानीय तहको निर्वाचनको मतका आधारमा भने अर्घाखाँचीमा आफूहरूको सहज जीत हुने कांग्रेस नेताहरूको अपेक्षा छ । ‘हामीसँग यसै पनि बहुमत छ,’ कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले भन्नुभयो । घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिनुभएको पत्रकार भुसालले आफ्नो प्रतिस्पर्धा कुनै व्यक्ति वा पार्टीसँगभन्दा पनि प्रवृतिसँग रहेको जिकिर गर्नुभएको छ ।
















प्रतिक्रिया दिनुहोस्