जनता टाइम्स

१ कार्तिक २०७९, मंगलवार २०:२७

खुल्यो नाग्मा जुम्ला सडक खण्ड


जुम्ला, १ कात्तिक । पहिरोले अवरुद्ध जुम्ला सडक खण्ड खुलेको छ । करिब एक हप्ता लामो प्रयास पछि नाग्म जुम्ला सडक खण्ड खुलेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ । डिभिजन सडक कार्यालयका प्रमुख राजीव श्रेष्ठले जुम्ला बजार सडक खण्डको रारालिही हुँदै नाग्मसम्म दर्जनौं स्थानमा पहिरो गएको बताउनुभयो । उहाँले अव जुम्ला नग्मा सडक खुलाइएको छ ।

‘अवरुद्ध सडक खुलाउनका लागी क्षेत्रमा असोज २२ गतेबाट २ जना इन्जिनियर, ३ जना सबइन्जिनियर, ७ जना सुपरभाइजर र ७३ जना लेन्थ वर्कर खटिएका थियौं,’ उहाँल्े भन्नुभयो । कर्णाली राजमार्गमा खटिएका सबइन्जिनियर गोविन्द अधिकारीका अनुसार हामीले मंगलबार बेलुकी जुम्ला बजारदेखि नाग्म खण्ड खुलाइएको छ ।

राजमार्गको सर्वपक्षीय अनुगमन

त्यस्तै कर्णाली राजमार्गको अनुगमनसमेत गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी, डिभिजन सड्क कार्यालयका प्रमुख श्रेष्ठ । राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका निमित्त प्रमुख धनराज शाही सहित सुरक्षा निकायका प्रमुख, पत्रकार महासंघले जुम्लादेखि कालिकोटको भिग्मसम्म अनुगमन गरेको छ ।

त्यस्तै राजमार्गको स्थलगत अनुगमन गर्न गएका जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले स्थलगत अनुगमनमा राजमार्ग खुलाउने काम सुचारु भए पनि दीर्घकालीन पहिरो व्यवस्थापनका लागि आवश्यक रहेको बताउनुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी केशरीले सड्क खुलाउने र दीर्घकालीन रूपमा राजमार्ग बनाउनका लागी सबैको सहयोग आवश्यक छ । उहाँले तेल अभाव भएकाले खोजी भइरहेको बताउनुभयो ।

कर्णाली राजमार्ग २५ प्रतिशत अब खुल्न बाँकी

त्यस्तै डिभिजन सडकका अनुसार कर्णाली राजमार्गमा २५ प्रतिशत खुल्न बाँकी रहेको छ । डिभिजन सडक कार्यालयका प्रमुख राजीव श्रेष्ठले कालिकोटको पिली देखी सेरावाडासम्म काम सकेर गाडी पुगेको छ । सबइन्जिनियर गोविन्द अधिकारी अनुसार सेरावाडादेखि नाग्मसम्मको करिब ३० किलोमिटरमा सबैभन्दा कठिन अवस्था छ । धनाडादेखि नाग्मसम्म मात्रै १४/१५ स्थानमा ठूला ढुंगा विस्फोटन गर्नुपर्ने अवस्था रहेको छ ।