दाङ, कात्तिक १ । नेकपा एमालेका दाङ २ क बाट प्रदेश सभा सदस्यका बलियो उम्मेद्वारा बलिभद्र रानाले कांग्रेस नेता बालकृष्ण खाडको बलमा टिकट ल्याउने काग्रेसका नेता राजु खनालले दाङमा राजधानी सार्न नसक्ने ठोकुवा गर्नुभएको छ ।
घोराहीका विभिन्न वडाहरुमा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा वोल्दै तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले नै दाङलाई राजधानी बनाएको र अहिलेको गठवन्धन सरकारले वर्षदिन सरकार चलाउदा पनि सार्न नसकेको बताउनु भयो । गठवन्धन सरकारले जनतालाई झुक्याएको भन्दै रानाले राजधानी सार्न सक्ने एमालेसंग मात्रै दम रहेको र त्यो साहस एमाले महासचिव पोखरेलको रहेको बताउनु भयो ।
‘जस्को बलमा टिकट ल्याएको छ, उसले आदेश पालना मात्रै गर्ने हो, राजु खनाल जिले खाँडकै बलमा टिकट ल्याएका हुन, अहिले खाड राजधानी ल्याउन नदिनका लागि ठुलै शक्ति प्रयोग गरिरहेका छन, खनालमा राजधानी सार्ने दम नै छैन, खाडकै आदेश मान्ने हुन–कार्यकर्ता भेटघाटका क्रममा राना मगरले भन्नुभयो ।
उहाँले आफु चुनाब जितेर गएर तीन महिनाभित्र राजधानीका सबै संरचना स्थायी राजधानीमा सार्ने बताए । उहाँले घोराहीको कटुवाखोला पुल नबनाउने ठेकेदारलाई पनि खनालले राजनितिक संरक्षण गरेको र पटक–पटक म्याद थपका लागि दौडधुप गरेको तथ्य खोल्नुभयो । अहिलेसम्म त्यो पुलको काम सम्पन्न नभइसकेको पनि उहाँले बताउनु भयो ।
उहाँले आफुले जितेर गएमा फोरलेनको ठेक्का सुरुमै कालोसुचिमा राखेर तोड्ने प्रतिवद्धता जनाउनु भयो । कांग्रेस केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे र प्रदेशका सह महामन्त्री खगराज पाण्डेलाई पन्छाउदै खनालले संघवाट प्रदेशमा आएर टिकट ल्याएपछि विवाद बढेको छ । एउटैले अवसर पाइरहने र आफुलाई उम्मेद्वार हुनवाट रोक्ने, षड्यन्त्र गर्ने काम भएको सह महामन्त्रि पाण्डेले बताउनु भयो ।
यसपालि काग्रेस दाङ भित्र राम्रो पकड राख्ने घिमिरे परीवारले आफ्नै सहोदर दाजु कृष्णकिशोरलाई मुख्यमन्त्री बनाउने गरी उनका भाईहरुकाग्रेस दाङका पुर्व जिल्ला सचिव तथा महाधिवेशन प्रतिनिधि कमल किशोर घिमिरे, अर्का महाधिवेशन प्रतिनिधि किरण किशोर घिमिरे लागि परेपनि अन्तिममा खनालले खाँडकै वलमा टिकट खोसेर ल्याउनु भएको हो । दाङ कांग्रेसभित्र अहिले चरम असन्तुष्टि देखीन्छ ।
वंगलाचुलिका भएकाले पनि खगराज बलियो उम्मेद्वार भएपनि अन्तिममा टिकट पाएनन् । सिनियर नेता भएका कृष्णकिशोर पनि बलिया नै उम्मेद्वार हुन । दुवैले टिकट नपाएपछि र जिल्ला तहको शक्ति सन्तुलन नमिलेपछि काग्रेसका स्थानिय, नेता, कार्यकर्तामा खासै चुनावको उत्साह नदेखिएको काग्रेस दाङका एक जना पदाधिकारीले बताए ।
अघिल्लो चुनाबमा पनि कांग्रेस नेता राजु खनालमाथि घोराहीको बहुचर्चित कटुवाखोला पुलको ठेकेदारलाई संरक्षण गरेको आरोप लागेको थियो । त्यो बिषयले निकै चर्चा पायो । उनलाई राजनितिक करीयरमै धक्का लागेको थियो । त्यतिमात्रै होइने, काग्रेस दाङका जिल्ला अधिवेशनमा खनालकै समुहवाट काग्रेसका पुर्व क्षेत्रीय सभापति भुपबहादुर डाँगि चुनाव लडे पनि अन्तिममा खनालले नै हराएको आरोप लाग्यो ।

सस्थापन समुहका नेताहरु जानकिलाल बस्नेत, कमल किशोर घिमिरेहरुलाई मिलाउन नसकेपछि र खनालले नेताहरुलाई प्रतिष्पर्धी ठान्ने गर्न थालेपछि संस्थापन समुहवाट जिल्ला सभापति फुस्कीएको थियो । स्थानिय तहमा खनालले एकलौटीरुपमा टिकड वाडेको, काग्रेस दाङका उप सभापति गिरीराज सुवेदीलाई घोराही ४ मा वडा सदस्यमा हराएको, घोराही १७ मा काग्रेस दाङका जिल्ला सदस्य किरण रेग्मीलाई वडा सदस्यमा हराएको पनि आरोप खनाललाई लागेको छ ।
त्यतिमात्रै नभई गएको स्थानिय तहको चुनावमा भुपबहादुरले घोराही १५, घोराही ५, घोराही १० मा कमजोर मत ल्याए । सत्तारुढ गठवन्धनकोतर्फवाट माओवादि नेता हेमराज शर्मा डाइमण्डलाई खनालले नै मेयरमा हराएको सञ्चारमाध्यममा समाचारहरु आएका थिए ।













प्रतिक्रिया दिनुहोस्