रुपन्देही, कात्तिक १२ । रुपन्देहीमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमा फेरि पहिरो गएको छ । आज मात्रै बुटवल उपमहानगरपालिका वडा नं १२ का नेकपा एस र माओवादीका नेताहरू एमाले प्रवेश गरेका छन ।
एकीकृत समाजवादीका वडाध्यक्ष घनलाल बस्याल,माओवादी केन्द्रका वडा कोषाध्यक्ष रुद्रप्रसाद शर्मा, माओवादीकै शिक्षक संगठनका पूर्व अध्यक्ष शालिकराम शर्मा, माओवादीकै कर्णबहादुर थापा लगायत नेताहरू एमाले प्रवेश गर्नुभएको हो ।
उहाँहरूलाई एमाले उपाध्यक्ष एवं रुपन्देही २ का प्रतिनिधि सभा उम्मेदवार विष्णु पौडेल, प्रदेश सभा सदस्य उम्मेदवार भोजप्रसाद श्रेष्ठ लगायतले पार्टीका स्वागत गर्नुभयो ।
नवप्रवेशी नेताहरूले देशको विकास, राष्ट्रियताको रक्षा र जनताको समृद्धि एमालेबाहेक अरूले गर्न नसक्ने र अरू दलको भविष्य नभएको निष्कर्षसहित पार्टी प्रवेश गरेको बताएका छन ।
एमाले नगर अध्यक्ष किसन ज्ञवालीले एमालेबाट नेकपा एसमा गएर जिल्ला कमिटी सदस्य रहेका कर्मचारी संगठनका नेता यज्ञमूर्ति भण्डारी, हिक बहादुर दर्लामी पनि एमालेमा फर्किएको बताउनु भयो । यसअघि नै नेकपा एसका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईँ एमालेमै फर्किसक्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्