रूपन्देही, १६ कात्तिक । रुपन्देहीको सैनामैना नगरपालिका–५ बुद्धनगरमा विभिन्न पार्टी परित्याग गरी ५१ जना नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
एमालेबाट रुपन्देही ५ का उम्मेदवार वासुदेव घिमिरेले मुलुकको विकास र समृद्धिको लागि नेकपा एमालेको विकल्प नभएको बताउनुभयो । उहाँले आफ्नो क्षेत्रलाई विकासमा नमूना बनाउन स्पष्ट भिजन भएको दाबी गर्नुभयो ।
प्रदेशसभा सदस्यका उम्मेदवार भूमिश्वर ढकालले सत्तामा भएर पनि एमालेसँग एकल चुनाव लड्ने आँट नभएकोले नेपाली कांग्रेसले धेरै पार्टी मिलाएर गठबन्धन गरेको बताउनुभयो ।
जिल्ला उपसचिव चित्रबहादुर कार्कीले सैनामैना नगरपालिकामा एमालेको नेतृत्व रहँदा सुरू भएका सैनामैना चक्रपथलगायतका विकासका कामलाई अघि बढाउनसमेत एमाले उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।
पार्टी प्रवेश गरेका राजु थारुले आफ्नो क्षेत्रमा एमाले पार्टीले विकासको लागि महत्वपूर्ण काम गरेकोले आफूहरू एमालेमा आएको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्