जनता टाइम्स

१८ कार्तिक २०७९, शुक्रबार ११:३०

शेरधन राईको गृहपालिकामा कांग्रेस र माओवादीका ५५ जना एमालेमा प्रवेश


भोजपुर, १८ कात्तिक । नेकपा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार शेरधन राईको गृहपालिका आमचोकमा ठुलो संख्यामा कांग्रेस र माओवादीका नेता–कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।आमचोक– ८ दुम्मानामा बिहीबार आयोजित चुनावी कार्यक्रममा ५५ जनाभन्दा बढी प्रवेश गरेको सचिव किरण राईले बताउनुभयो ।

एमाले प्रवेश गर्नेहरूमा माओवादीका दुर्गाबहादुर श्रेष्ठ, भीमबहादुर श्रेष्ठ, जगतबहादुर श्रेष्ठलगायत छन् । त्यसैगरी नेपाली कांग्रेस छाड्नेहरूमा डिकबहादुर राई, आशमान मगर, मदन श्रेष्ठ, कुमार श्रेष्ठ, रोशन परियार, प्रविन श्रेष्ठ, कुलबहादुर श्रेष्ठ, उद्धव श्रेष्ठ, युवराज श्रेष्ठ, तुलाराम श्रेष्ठलगायत छन् ।

उनीहरूले देशको विकास र समृद्धि एमालेबाट मात्र सम्भव भएको र मुख्यमन्त्री हुँदा शेरधन राईले उल्लेख्य काम गरेको भन्दै कांग्रेस–माओवादी गठबन्धन सत्ताका लागि मात्र भएको उनीहरुको आरोप छ।