जनता टाइम्स

२० कार्तिक २०७९, आईतवार २०:२२

भ्रष्टचारको मुद्धाबाट जोगिन गौतम गठबन्धनको ओतमा


गुल्मी, २० कात्तिक । आज शेषकान्त गौतमले पत्रकार सम्मेलनमा रामकुमारी झाँक्रीलाई निर्वाचनमा सर्मथन गर्ने जनाउनुभयो । सुरुमै गौतमले रामकुमारीको चर्चा गर्दै भन्नुभयो,’उनि बिकटकी चेली हुन् । अहिले सडक बनेपछि त्यो गाउँ सुगम राम्रो भएको छ ।’

तर, पहिले रामकुमारीले खर्सुको बिचबाट संर्घष गरेकी छन् । यो गौतमले पत्रकार सम्मेलनमा भनेको अभिव्यक्ति हो । उहॅाले गोकर्ण बिष्टको चर्को बिरोध गर्नुभयो तर विकासले गाउँ फेरिएको कुरा आफैले  गर्नुभयो । विकासको देन गोकर्णको हो ।

उहॅाले क्षणिक आवेक र स्वार्थको लागि निर्वाचनको मुखमा गलत हर्कत गर्छनुभएको छ । उहॅाले आफु एमालेमै रहने र भोट मात्रै रामकुमारीलाई राख्ने भनेर लाजमर्दो अभिव्यक्ति दिइरहेपछि पत्रकारहरुले निकैबेर गौतमलाई केरकार पारेका थिए ।

उहॅाले बिज्ञप्तीमा ७० प्रतिशत आफ्नो प्रशंसा गरेर बाँकी गोकर्ण बिष्ट र पार्टी नेतृत्वलाई गाली गरेर सक्नुभएको छ । सम्मेलनमा पत्रकारले टिकट नपाएर यो बिद्रोह हो ? पार्टीले कारबाही गर्दैन ? पार्टी नीति विपरित काम गर्दा पनि कसरी पार्टीमा रहिन्छ भनेर प्रति प्रश्न गौतमलाई गरेका थिए ।

उहॅाले पार्टीले कारबाही गरे सामाना गर्ने र आफुलाई कारबाही गर्ने व्यक्ति र हस्ताक्षर हेर्न खोजेको बताउनुभयो । गौतम लामो समय पार्टीका चुनावी मोर्चामा असन्तुष्ट बन्ने अरु पार्टीबाट रकम कुम्ल्याउन खप्पिस देखिनुभएको स्रोत बताउॅछ ।

लामो समय कफि विकास बोर्डको नेतृत्व गर्दा बोर्डको दुरुपयोग गरेपछि अहिले भ्रष्टचारको मुद्धा खेपिरहनुभएको छ। उहॅाको मुद्धा अझै पनि प्रक्रियामा रहेको छ ।

एमालेका एक नेताका अनुसार पहिलेका थुप्रै नियुक्तीहरु र गाउँका उपभोक्ता, सहकारीहरुमा दुरुपयोग गरेका कारण बिबादमा पर्दै आउॅनुभएको उहॅा अहिले पनि गठबन्धनको सरकारबाट अख्तियारको मुद्धामा जोगाउने आश्वासन पाएपछि गठबन्धनकै निर्णय अनुसार लामो राजनैतिक यात्रा ध्वस्त बनाएको छ ।